विकिपिडिया:आइ-काल्हिक घटना सभ/घटना सभ/फरबरी २०२४

जनकपुर,२०८०-१०-२१ प्रहरी प्रशासनको विरोधमा जनकपुरधामका व्यवसायीहरूले आज बजार बन्द गर्ने भएका छन् । २०८० माघ २१ गते आइतबार दिउँसो २ बजेसम्म बजार, उद्योग र व्यवसाय बन्द गर्ने जनकपुरधाम उद्योग वाणिज्य संघले आह्वान गरेको छ ।

बिल बिजकबिना सुनको अबैध कारोबार गरेको भन्दै गत बुधबार धनुषा प्रहरीले जनकपुरधामका सुनचाँदी व्यावसायीहरू बलराम साह, अरूण ठाकुर तथा सिरहा मिर्चैयाका अजय साह सोनार र संजय साह सोनारलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागको कार्यालय पथलैयालाई जिम्मा लगाएको थियो । विभागले बिहीबार उनीहरू धरौटीमा रिहा गरेको थियो ।